Below Menu
Below Menu

विश्व लगानीकर्ता सप्ताह: धितोपत्र ब्रोकर्स एशोसिएसनको सेयर बजार सचेतना कार्यक्रम

विश्व लगानीकर्ता सप्ताह: धितोपत्र ब्रोकर्स एशोसिएसनको सेयर बजार सचेतना कार्यक्रम

काठमाडौं : “विश्व लगानीकर्ता सप्ताह २०२३” को अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजना तथा अर्थसरोकारको पहलमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौंमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन लगानीकर्ता दुर्गा तिवारी रिजाले विरुवामा पानी हालेर गरेकी थिईन । यस्तैगरी कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजङ्ग थापाले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सफल शेयर लगानीकर्ता दुर्गा तिवारीले सबै विद्यार्थीहरुलाई विशेष गरी महिलाहरुलाई शेयर बजारमा सहभागी हुन आग्रह गर्दै उनीहरुलाई आर्थिक रुपमा स्वतन्त्र हुन सुझाव दिईन । यस्तैगरी कार्यक्रमका सभापति तथा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले विद्यार्थीलगायत सबैलाई सानो सानो बचत गर्ने बानी बसाल्न र भविष्यका लागि लगानीमा ध्यान दिन आग्रह गर्दै आजको कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा अर्थसरोकार डटकम प्रधान सम्पादक सुरज प्याकुरेलले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई शेयर बजार सचेतना कार्यक्रमको आवश्यकता बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा शेयर बजार प्रशिक्षक सुवास भट्टराईले प्रभावकारी र रोचक तरिकाले २ घण्टा शेयर बजार सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकाल, कार्यक्रम संयोजक बलराम राई, सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्रोपर्टी विजार्ड प्रालिका कार्यकारी अध्यक्ष उद्धव शिवाकोटी, क्यापिटल म्याक्सका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठ, भोलेगणेश सेक्युरिटीजका जनरल म्यानेजर अञ्जिव तुलाधर, रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजङ्ग थापा तथा बोर्ड सदस्य निदेशक नंदू प्रसाद कुशवाहाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा रिलायन्स कलेजका १५८ विद्यार्थीहरू र १२ शिक्षकहरू लगायत अन्य ब्रोकर कम्पनीहरुको उपस्थिति रहेको थियो ।

डीबीएनका उपाध्यक्ष अतितलाल श्रेष्ठले निकट भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

 

Advertisment