Below Menu
Below Menu

नेपाल एसबीआई बैंकको १४ लाख कित्ता बढी ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल एसबीआई बैंकको १४ लाख कित्ता बढी ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल एसबीआई बैंकको १४ लाख कित्ता बढी ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।  नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले मंगलबार बैंकको १४ लाख १८ हजार ३६६ थान ऋणपत्र सूचीकृत गरेको हो । 

नेप्सेले ‘९ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ सूचीकरण गरेको हो । सूचीकृत ऋणपत्र बुधबारदेखि दोश्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

Advertisment