काठमाडौं : कुमारी बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरको ‘१० प्रतिशत केबिएल डिबेञ्चर २०९०’ ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
बैंकको असोज ८ गतेको पत्र अनुसार बोर्डले ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । बोर्डको अनुमति पाएसँगै बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ ।
बैंकले सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता र व्यक्तिगत तवरबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ ।
ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
Advertisment