Below Menu
Below Menu

एनआईसी एशिया र एभरेष्ट बैंकको शेयरमूल्य समायोजन 

एनआईसी एशिया र एभरेष्ट बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन भएको । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार एनआईसी एशिया र एभरेष्ट बैंकको बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनसपछिको शेयरमूल्य ५९० दशमलव ३१ रुपौयँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ७६१ दशमलव ५० रुपैयाँमा भएको थियो ।

त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनसपछिको शेयरमूल्य ५१४ दशमलव ५५ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । बैंकको अन्तिम कारोबार ५६६ रुपैयाँमा भएको थियो ।

अघिल्लो दिनको कारोबारका आधारमा नेप्सेले सोमबार यी दुई बैंकको शेयरमूल्य समायोजन गरेको हो । 

Advertisment