काठमाडौं : धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । एशोसिएसनले असोज १६ देखि २२ सम्मको कार्यक्रम तालिका समेत घोषणा गरेको छ ।
साताव्यापी कार्यक्रम गन्तर्गत असोज १६ देखि १९ गतेसम्म विभिन्न कलेजहरुमा शेयर सचेतना तथा तालिम कार्यक्रम गर्ने जनाएको छ । जसअनुसार असोज १६ गते रिलायन्स कलेज काठमाडौं, असोज १७ क्यातफोर्ड इन्टरनेशनल कलेज ललितपुर, असोज १८ सेन्ट्रल डिपार्टमेन्ट आफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय किर्तिपुर र असोज १९ पनौति नगरपालिकामा शेयर सचेतना तथा तालिम कार्यक्रम रहेको छ । त्यस्तै असोज २० गते वाकाथन कार्यक्रम तय भएको एशोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्डसहित भृकुटी मण्डपबाट बसन्तपुर दरबार स्क्वायरसम्म वाकाथन गर्ने एशोसिएसनले जनाएको छ । त्यस्तै असोज २१ गते दिउँसो ३ बजे साताव्यापी विश्व लगानीकर्ता सप्ताह २०२३ समापन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्य तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लि.का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यको आतिथ्यता रहने एशोसिएसनले जनाएको छ ।
Advertisment