Below Menu
Below Menu

चाडपर्वलाई लक्षित गर्दै आइएमई पे ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

चाडपर्वलाई लक्षित गर्दै आइएमई पे ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउदै गरेको  राष्ट्रिय चाड दशैं , तिहार तथा  छठलार्ई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ। 

असोज १४ गते  देखी शुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले  बिभिन्न कारोबारको लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन् त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्।  भने अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्। 

यस संगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताएका छन्। यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ ।

Advertisment

थप समाचार