काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि असोज १५ गते अर्थात भोलि बुक क्लोजको मिति तोकेको छ । जस अनुसार आजसम्म कायम रहेका शेयरधनीले मात्र बैंकको लाभांश पाउने छन् ।
बैंकले आगामी साधारणसभा असोज २६ गते हुनेछन । बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
Advertisment