Below Menu
Below Menu

नबिल ब्यालेन्स फण्ड–२ ले गर्यो लाभांश घोषणा

नबिल ब्यालेन्स फण्ड–२ ले गर्यो लाभांश घोषणा

काठमाडौं : नबिल ब्यालेन्स फण्ड–२ ले लाभांश घोषणा गरेको छ । नबिल म्युचुअल फण्ड अन्त्र्गत सञ्चालनमा रहेको उक्त योजनाले गत आर्थिक वर्षको मुनाफाबाट ९.६ करसहतिको प्रतिफल दिने घोषणा गरेको हो ।

बिहिबार बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले योजनाको आकार एक अर्ब १२ करोड रुपैयाँको ९.६ प्रतिशतका दरले हु आउने दश कराेड ७५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

सो बैठकले प्रतिफल वितरण प्रयोजनका लागि असोज २६ गते एक दिनका लागि योजनाको ईकाईधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जस अनुसार असोज २५ गतेसम्म कायम भएका इकाईधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र आगामी साधारणसभामा भाग लिन पाउनेछन् ।

उक्त योजनाको कोष प्रवद्र्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक एवं डिपोजिटरी नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेड रहेको छ । 
 

Advertisment

थप समाचार