Below Menu
Below Menu

आइएमई पेबाट ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’को भुक्तानी सजिलै गर्न सकिने

आइएमई पेबाट ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’को भुक्तानी सजिलै गर्न सकिने

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो  ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’ (सीप) को रकम  भुक्तानी गर्न सक्ने भएका छन् । सीप भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको हो । 

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको सीप इन्सटलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।  

पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मी ले बताए । 

Advertisment

थप समाचार