काठमाडौं : नेपाल स्कट एक्सचेञ्ज नेप्सेमा विभिन्न चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेले एनएमबी क्यापिटलमा दुई म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचसअल फण्ड र सानिमा इक्विटी फण्डको इकाइमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार एनएमबी फिफ्टी को १६ प्रतिशत लाभांश पछिको इकाईमूल्य समायोजन भएको हो । उक्त फण्डको शेयरमूल्य ९.७७ रुपैयामा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ११.२७ रुपैयाँमा भएको थियो ।
त्यस्तै, एनएमबि हाइब्रिड फण्ड एल –१ को १५ प्रतिशत लाभांश पछिको शेयरमूल्य ९.८४ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ११.३४ रुपैयाँमा भएको थियो ।
त्यसैगरी सनराइज फर्स्ट म्युचुअल फण्डको १६ प्रतिशत लाभांश पछिको शेयरमूल्य अघिल्लो दिनको कारोबारको आधारमा ९.६७ रुपैयाँमा समायोजन भएको छ । अघिलो दिन कम्पनीको कारोबार ११.२७ रुपैयाँमा भएको थियो ।
नेप्सेका अनुसार सानिमा इक्विटी फण्डको १८ प्रशितत लाभांश पछिको शेयरमूल्य ९.९७ रुपैयाँमा समायोजन भएको छ । अघिल्लो दिन कम्पनीको शेयरमूल्य ११.७७ रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment