काठमाडौं : लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सनराईज क्यापिटल लिमिटेडले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बुधबार कम्पनीको कार्यालय भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो ।
सो सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका प्रस्ताव पारित गरेको छ । साथै आव २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती विशेष साधारण सभाबाट गर्ने निर्णय गरेको छ ।
उक्त सभाले आव २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरहोल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको क्यापिटलले जनाएको छ ।
उक्त वार्षिक साधारण सभामा विशेष प्रस्तावका रुपमा रहेको सन्राईज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रकृया पूरा गर्न कम्पनीको संचालक समितिलाई अख्तिियारी दिने निर्णय गरेको छ ।
Advertisment