काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार सूचीकृत गरेको हो ।
नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको तीन करोड ७५ लाख कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेमा कम्पनीको सिम्बोल सीएलआई रहेको छ ।
नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा तोकेको छ । कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment