Below Menu
Below Menu

कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा 

कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंकले ३० हजार कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार ७९७ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल र बैंकको प्रधानकार्यालय टंगालमा आवेदन पेश गर्नुपर्ने छ ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।
 

Advertisment

थप समाचार