Below Menu
Below Menu

विदेशबाट आउने यात्रुले जुनसुकै प्रकारको टेलिभिजन ल्याउँदा पनि भन्सार नलाग्ने 

विदेशबाट आउने यात्रुले जुनसुकै प्रकारको टेलिभिजन ल्याउँदा पनि भन्सार नलाग्ने 

काठमाडौं : विदेशबाट आउने यात्रुले जुनसुकै प्रकारको टेलिभिजन ल्याउँदा भन्सार शुल्क नलाग्ने भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल फर्कने यात्रुले आफुनो साथमा ल्याउन पाउने सुनका गहना, मोृबाइल तथा टेलभिजन सम्बन्धीको पछिल्लो अवस्थाको बारेमा आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

‘श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन’, कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

कार्यालयका अनुसार श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टिलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउनेछन् । तर, यस यसबाहेक अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था गरेको छ । 

यसका साथै मोबाइलको सम्बन्धमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ ।

कार्यालय अनुसार श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउनछन् ।  तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्नेछ ।

त्यसैगरी, सुनकोगहना सम्बन्धमा महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपदैन भने र पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्न नपर्ने कार्यालयले जनाएको छ ।

त्यस्तै, एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्राम सम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने कार्यालयले जनाएको छ ।

त्यसमा गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कार्यालयको भनाई छ । 


 

Advertisment

थप समाचार