काठमाडौं : नेपाल राष्ट्र बैंकले मोहर डिजिटलको अनुमति खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने मोहर डिजिटलको अनुमति खारेज गरेको जनाएको हो ।
२०७६ मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रालिले भुक्तानी तथा फस्र्यौट ऐन बमोजिमको कसुर गरेको भन्दै अनुमति खारेज गरेको बैंकले जनाएको छ ।
यसका साथै उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकहरुसंगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।
Advertisment