काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच भेटघाट भएको छ । गभर्नर अधिकारी र बोर्डका अध्यक्ष हमालबीच सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा भेट भएको हो ।
सो अवसरमा उनीहरूबीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको थियो । भेटमा शेयरधितो कर्जामा लगाउदै आएको १२ करोडो सिमा हटाउने छलफल भएको थियो ।
Advertisment