Below Menu
Below Menu

स्वास्थ्य बीमामा बढ्दो आकर्षणः झण्डै ४३ अर्बको दाबी भुक्तानी, ७२ लाख पुगे बीमित

स्वास्थ्य बीमामा बढ्दो आकर्षणः झण्डै ४३ अर्बको दाबी भुक्तानी, ७२ लाख पुगे बीमित

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको झण्डै ४३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुुरु भएदेखि हालसम्म बीमा वापतको ४२ अर्ब ८३ करोड ६६ लाख ८७ हजार ५९१ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्षमा मात्रै बोर्डले एक अर्ब बढी दाबी भुक्तानी गरेको छ । बोर्डले यस अवधिमा एक अर्ब ४६ करोड ३८ लाख ५१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । असोज २ गते बसेको बोर्डको निर्णय अनुसार स्वास्थ बीमा कार्यक्रत्रम सञ्चालक गरेका सेवा प्रदायक केन्द्रहरुमा प्रथम पटकको भुक्तानी पठाएको हो ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका ३३६ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् । सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकममध्ये कटहरिया स्वास्थ्य केन्द्रको पेश्की फर्छोट २ हजार १२६ रुपैयाँ समेत भुक्तानी भएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा गर्नेहरु करिब ७२ लाख

पछिल्लो समय स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढेको छ । हालसम्म करिब ७२ लाख भन्दाबढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार यस अवधिमा ७१ लाख ९१ हजार ९६६ जनाले स्वास्थ्य बीमा गरेका हुन् ।

स्वास्थ्य बीमा गर्नेमा सबैभन्दाबढी झापामा रहेका छन् । झापामा यस अवधिमा ६ लाख ७४ हजार ३०५ जनाले बीमा गरेका छन् । त्यस्तै, मोरङमा ५ लाख १२ हजार ३०५, सुनसरीमा ४ लाख ९९ हजार २८ जना र चितवनमा ४ लाख ७२ हजार ८३७ जना रहेका छन् ।

बोर्डका अनुसार प्रदेशगत रुपमा हेर्ने हो भने स्वास्थ्य बीमा गर्नेमा कोशी प्रदेशमा सबैभन्दा बढी रहेका छन् । कोशी प्रदेशमा २१ लाख ८६ हजार ४९ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै, मधेश प्रदेशका ५ लाख २३ हजार ४९९ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

त्यसैगरी, बागमती प्रदेशमा १५ लाख ३१ हजार १२२ जना, गण्डकीमा ९ लाख २९ हजार ८७८ जना, लुम्बिनी प्रदेशमा १० लाख ५७ हजार ८०२, कर्णालीमा ४ लाख २९ हजार ६५४ जना र सुदुरपश्चिम प्रदेशमा ५ लाख ३३ हजार २६ सयले स्वास्थ्य बीमा गरेका छन् । 

Advertisment

थप समाचार