Below Menu
Below Menu

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि बनाउँदै बागमती प्रदेश

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि बनाउँदै बागमती प्रदेश

मनहरी  ः बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारद्वारा रू चार करोड लागतमा विद्युतीय सवारी उपकरण खरिद र स्टेशन निर्माण गर्ने कार्यविधि बनाउन लागिएको जानकारी दिए । 

विद्युतीय सवारी साधन चार्ज गर्न सहज होस् भन्ने उद्देश्यले चार्जिङ उपकरण खरिद र स्टेशन निर्माण गर्ने कार्यविधि बनाउन लागिएको जनाउँदै उनले यसको उचित व्यवस्थापनले विद्युतीय सवारी सञ्चालनमा सहज हुने बताए ।

पछिल्लो समयमा विद्युतीय गाडी धेरै भित्रन थालेपछि पेट्रोल पम्प जस्तैगरी चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने भएको बताउँदै मन्त्री लम्सालले भने, “नेपालमा भित्रिएका विद्युतीय सवारीसाधन चल्नका लागि चार्जिङ स्टेशन तयार गर्ने काममा तदारुपताका साथ लागेका छौँ । यो काममा नेपाल विद्युत् प्राधिकरण, सङ्घीय सरकार, निजी क्षेत्र समेतको पहलमा निर्माण गर्नेछौँ । यसका लागि सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ ।”

विद्युतीय सवारी वातावरण मैत्री र कम खर्चिलो हुने भएकाले स्टेशन निर्माणलाई तीव्रता दिन लागिपरेको मन्त्री लम्सालको भनाइ थियो । “डिजेलका गाडीले जस्तो वायु तथा ध्वनी प्रदूषण विद्युतीय गाडीले फैलाउँदैनन्”, उनले भने, “त्यसैले काठमाडौँ जस्तो प्रदूषित सहरका लागि विद्युतीय सवारीसाधन निकै फाइदाजनक हुने देखिन्छ ।”

Advertisment

थप समाचार