काठमाडौं : चालु आर्थिक वर्षकाे भदौ महिनामा साढे २ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा २ खर्ब ५९ अर्ब ९४ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
गत वर्षको तुलनामा आयात ५.०६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको सामान आयात भएको थियो । यस अवधिमा निर्यात ७.७९ प्रतिशले घटेको छ ।
गत वर्ष २८ अर्ब ६८ करोड ४ लाखको सामान निर्यात गरेको नेपालले चालु आवको यस अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको हो ।
विभागका अनुसार यस अवधिमा नेपालले २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
भदौमा नेपालले दुई खर्ब ८६ अर्ब १९ करोड ६९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा तीन खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
Advertisment