काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ११ अर्ब ६ करोड रुपैयाँ बराबरको सरकारी ऋणपत्र सूचीकृत भएको छ । आइतबार नेप्सेले सरकारको तर्फबाट राष्ट्र बैंकले दुई चरणमा निष्कासन गरेको ऋणपत्र सूचीकृत गरेको हो ।
सरकारले राष्ट्र बैंक मार्फत वार्षिक ६.५ प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको ४ अर्ब १६ रुपैयाँ बराबरको २०८६ ‘छ’ र ८ वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरको ६ अर्ब ९० करोड रुपैयाँ बराबरको २०८८ ‘ख’ विकास ऋणपत्र निष्कासन गरेको थियो ।
नेप्सेका अनुसार अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी निष्कासन भएको उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत भएको हो ।
Advertisment