काठमाडौं : संघीय सांसद एवं संसदीय अर्थ समितिका सभापति सन्तोष चालिसेले सरकारको विशेष पहलबिना अहिलेको अर्थतन्त्रले लय नपक्रने बताएका छन् ।
विश्व अर्थतन्त्रमा आएको मन्दीले मुलुकको अर्थतन्त्रलाई समेत प्रभाव पारेको भन्दै उनले हरेक क्षेत्र संकटबाट गुज्रिरहेकाले यसलाई माथि उठाउन सरकारले भूमिका महत्वपूर्ण हुने बताए । आफु अर्थसमितिको सभापति भएको नाताले केहि समयभित्रै बैंकको ब्याजदर घटाइ बजारलाई चलायमान गराउन लागि पर्ने बताए ।
नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभामा बोल्दै सभापति चालिसेले मुलुकले खाद्यान्न लगायतका हरेक वस्तु विदेशबाट आयात गरिरहेकाले अब सहकारीहरु उत्पादनशील क्षेत्रमा जानुपर्नेमा उनले जोड दिए ।
घरगाडी जस्ता क्षेत्रमा गरेको करोडौं लगानीले राज्यलाई कुनै लाभ नहुने भन्दै चालिसेले उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे ।
Advertisment