काठमाडौं : माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म खातामा सेयर हुने लगानीकर्ताले माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश प्राप्त गर्नुको साथै साधारणसभामा सहभागि हुन पाउने छन् । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
आज सम्मका सेयरधानीले लाभांश पाउनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने दिने घोषणा गरेकाे थियाे ।
Advertisment