Below Menu
Below Menu

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् एनआइसी एशिया बैंकको लाभांश ?

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् एनआइसी एशिया बैंकको लाभांश ?

काठमाडौं : एनआइसी एशिया बैंकले साधारणसभा बोलाएको छ । शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैंठकले लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकको साधारणसभा असोज २८ गते आइतबार आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ । सो सभाले बैंकले वितरण गर्न लागेको ३०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १६ गतेदेखि २८ गतेसम्मका लागि शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ । जस अनुसार असोज १५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् । 

Advertisment

थप समाचार