Below Menu
Below Menu

सिटिजन्स बैंकको लाभांश दशैंअघि नै पाइने, असोज २६ गते बोलायो साधारणसभा 

सिटिजन्स बैंकको लाभांश दशैंअघि नै पाइने, असोज २६ गते बोलायो साधारणसभा 

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकले साधारणसभा बोलाएको छ । लाभांश पारित गर्ने प्रस्ताव सहित बैंकले साधारणसभा बोलाएको हो । बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले असोज २६ गते बैंकको सत्रौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सो सभा शुक्रबार बिहान ११ बजे अमृतभोग कालिका स्थान, डिल्ली बजारमा हुनेछ । उक्र सभाले लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्षको नापाm नोक्सानको हिसाब ताथ सोही अवधिको नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गर्ने छ । 

यसका साथै सञ्चालक समितिबाट प्रस्तावित ५.७९ प्रतिशतका दरले हुन आउने करसहितको ८२ करोड २१ लाख ६१ हजार ६५२ दशमलव ९६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने स्वीकृति प्रदान गर्नेछ । 

 सो सभाले बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने (मर्जर) गर्न तथा वैदेशिक रणनीतिक साझोदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १५ गते एकदिनका लाई शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार असोज १४ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र बैकले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।
 

Advertisment

थप समाचार