Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, तीन अर्ब २९ करोडको कारोबार

उच्च अंकले बढ्यो शेयर बजार, तीन अर्ब २९ करोडको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सन नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १० कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको छ ।

सर्वाधिक शेयरमूल्य बढ्ने चार कम्पनीमा नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र हिमाल दोलखा हाइड्रोपावर, कम्पनी रहेका छन् । आज एआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ४ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार