काठमाडौं : पछिल्लो समय नेपालमा डिजिटल कारोबार र भुक्तानीमा सर्वसाधारणको आकर्षण बढ्दो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तथ्यांक हेर्दा डिजिटल कारोबार र भुक्तानीमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।
कोरोना महामारी पश्चात नेपालमा विद्युतीय कारोबार र भुक्तानी बढ्दै गएको हो । लकडाउनको समय पछि प्रविधिको विकास सँगसँगै हरेक सर्वसाधारणले जानी नजानी भएपनि डिजिटल कारोबार मार्फत सर्वसाधारणहरु उन्मुख भएका छन् ।
अहिले काठमाडौं उपत्यका लगायत नेपालका मुख्य सहरहरूमा ठूला–ठूला सपिङ मलमा मात्र नभई चियापसलदेखि, तरकारी पसल लगायतका सामान्य खालमा पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ ।
अझ भनौं पछिल्लो समय क्युआरकोड अर्थात् (क्विक रेस्पोन्स पेमेन्ट) सेवा, कनेक्ट आइपिएस र मोवाइल वालेटमा पनि सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।
चालु आर्थिक वर्षको साउनमा डिजिटल भुक्तानी मार्फत ७ खर्ब ७८ अर्ब ३३ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार कनेट आइपिएस, इ– कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ताबाट भएको हो ।
राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि एक वर्षमै मोबाइल वाटेट प्रयोगकर्ताहरु ५४ लाख भन्दा बढीले बढेका छन् ।
गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मोबाइल वाटेट प्रयोगकर्ताहरुको संख्या ५४ लाख ४५ हजार ६८३ अर्थात ३८.६३ प्रतिशतले बढेर एक करोड ९५ लाख ४० हजार ३०५ पुगेको छ भने २१ अर्ब ९१ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा वालेट प्रयोगकर्ताहरु एक करोड ४० लाख ९४ हजार ६२२ रहेका थिए ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड २४ लाख ९४९, क्रेडिट कार्ड प्रयोगकर्ता २ लाख ८८ हजार १५१, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १६ लाख ९१ हजार ४७४, इन्टरनेट बैंकिङ पूयोगकर्ता १८ लाख ८७ हजार ४६ र कनेट आईपिएस प्रयोगकर्ता ११ लाख २९ हजार ४६९ पुगेका छन् ।
कति भयो कारोबार ?
राष्ट्र बैंकका अनुसार चालु आवको साउन महिनामा कनेट आईपीएस मार्फत ३ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा २ खर्ब ६९ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै, डेबिट कार्डमार्फत साउनमा ८४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने क्रेडि कार्डमार्फत एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । साउनमा इन्टरनेट बैंकिङ मार्फत १४ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, गत आवको साउन महिनामा मोबाइल बैंकिङ मार्फत एक खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चालु आवको सोही अवधिमा २ खर्ब ४२ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार साउनमा क्यु्आर मार्फत २९ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा क्युआर मार्फत १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै यस अवधिमा पोइन्ट अफ सेल्स पीओएस मार्फत ४ अर्ब ५७ करोड र इ–कमर्सबाट ७२ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
Advertisment