काठमाडौं : एनआईसी एशिया बैंकले पाँच लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको संस्थापक शेयर खरिद गर्न चाहने विद्यमान शेयरधनीहरु तथा जो कोही व्यक्ति वा संस्थाले असोज १० गते बुधबार दिउँसो ३ बजेसम्म आवश्यक कागजपत्र संलग्न गरी बिक्री प्रबन्ध एनआईएमबि एस क्यापिटलमा लाजिम्पाटमा आफूले खरिद गर्न चाहेको शेयर संख्या उल्लेख गरी आवेदन दिनुपर्नेछ ।
बैंकको शेयरको मूल्य प्रतिकित्ता ३६० रूपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । यसका साथै ५ लाख भन्दा बढीको रकमको आवेदन दिनले अनिवार्य रुपमा आफ्ना स्थायी लेखा नम्बर आवेदन फाराममा उल्लखे गर्नुपर्ने बैंकले जनाएको छ ।
Advertisment