काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।
अब बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ।
उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
Advertisment