Below Menu
Below Menu

तीन अर्बको ऋणपत्र जारी गर्न सिटिजन्स बैंकले पायो बोर्डको अनुमति 

तीन अर्बको ऋणपत्र जारी गर्न सिटिजन्स बैंकले पायो बोर्डको अनुमति 

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ३ लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो । 

बैंकले १० वर्षे अवधिको ‘सिटिजन्स बैंक बण्ड २०८०’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर १० प्रतिशत तोकिएको छ ।

बैंकले जारी लागेको कुल ऋणपत्र मध्ये १८ लाख इकाई कर्मचारीका लागि छुट्टाएको छ भने बाँकी १२ लाख ईकाईमा सर्वसाधारणका लागि जारी गर्नेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 
 

Advertisment

थप समाचार