काठमाडौं : चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । बुधबार ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।
गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सिमित रहेकाे थियाे । यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर विस्तार हुँदै ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ ।
यसका साथै चालु आवमा मुद्रास्फीति दर (मूल्यवृद्धि) घटेर ६.२ प्रतिशत हाराहारीमा सीमित हुने एडीबीले जनाएको छ । गत आवमा मूल्यवृद्धि ७.७ प्रतिशत रहेको थियो । त्यस्तै चालु खाता घाटा जीडीपीको १.८ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ ।
Advertisment