सिटिजन्स बैंकको ६ लाख कित्ता बढी संस्थापक शेयर सर्वसाधारणमा जारी 

सिटिजन्स बैंकको ६ लाख कित्ता बढी संस्थापक शेयर सर्वसाधारणमा जारी 

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकले ६ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख ३१ हजार ७८५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

बैंकको संस्थापक शेयर खरिद गर्न विद्यमान शेयरधनीहरुका ३५ दिने सूचना जारी गरेको थियो । उक्त शेयर खरिदका लागि तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो । शेयरको मूल्य प्रतिकित्ता ११५ रूपैयाँ तोकिएको छ ।

बैंकको उक्त शेयर खरिद गर्न चाहने व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आफूले खरिद गर्न चाहेको शेयर संख्या उल्लेख गरी आवेदन दिनुपर्नेछ । 


 

थप समाचार