Below Menu
Below Menu

एक महिनामा ५१.१३ प्रतिशतले घट्यो विदेशी लगानी, भदौमा करिब ६ अर्ब प्रस्ताव 

एक महिनामा ५१.१३ प्रतिशतले घट्यो विदेशी लगानी, भदौमा करिब ६ अर्ब प्रस्ताव 

काठमाडौं : चालु आर्थिक वर्षको भदौ महिनामा करिब ६ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) मा गरी ६२ उद्योगका लागि ५ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत साउन महिनाको तुलनामा ५१.१३ प्रतिशतले कम हो । जबकी साउनमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ६१ उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो ।

भदौ महिनामा विदेशी लगानीका ५१ नायँ उद्योगका लागि २ अर्ब ७२ करोड २४ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका ११ उद्योगका लागि ३ अर्ब १६ करोड ६१ लाख रुपैयाँ प्रतिवद्धता आएको हो ।

चालु आवको भदाै‌ मसान्तसम्म १११ नयाँ उद्योग लागि १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ र एसपीए/एसएसए का १२ उद्योगका लागि ३ अर्ब २० करोड २१ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । 

भदौमा मात्र दर्ता भएका उद्योगमा २ हजार २०१ जनाले रोजगारी पाउने भएका छन् भने दुई महिनामा दर्ता भएका उद्योगमा ५ हजार ५०२ जनालाई रोजगारी प्रस्ताव गरिएको हो । 

यस अवधिमा दर्ता भएका उद्योगामा साना उद्योग १०४ वटा, मझौता उद्योग ५ वटा र ठूला उद्योग २ वटा रहेका छन् । भदौमा मात्रै विदेशी लगानीका साना उद्योग ५० वटा र मझौला उद्योग एउटा दर्ता भएको छ ।

विभागका अनुसार भदौमा सूचना प्रविधि क्षेत्रका एउटा, निर्माण क्षेत्रका ७ वटा, कृषि क्षेत्रका एउटा, सेवामुलक क्षेत्रका २६, पर्यटन क्षेत्रका ४६ उद्योग दर्ता भएका छन् । भदौ जलविद्युत क्षेत्र र खनिज क्षेत्रको लगानी शुन्य रहेको छ ।

भदौ महिनामा विदेशी लगानीकर्ताहरुले २५ करोड ७ लाख रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । विभागका अनुसार भदौ मसान्त विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

यस अवधिमा लगानी कर्ताहरुले रोयल्टी मार्फत ६० करोड ६१ लाख ११ हजार रुपैयाँ, ३ लाख ६ हजार अमेरिकी डलर र १२ करोड २९ लाख रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ । 
 

Advertisment

थप समाचार