Below Menu
Below Menu

एनएमबि म्युचुअल फण्डका दुई योजनाद्वारा प्रतिफल घोषणा

एनएमबि म्युचुअल फण्डका दुई योजनाद्वारा प्रतिफल घोषणा

काठमाडौं : एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल घोषणा गरेका छन् । एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाले गतको मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । यी दुबै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।

उक्त दुई योजनाहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको छ । क्यापिटलको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफल वितरण प्रयोजनका लागि यी योजनाहरुले असोज १२ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएका छन्।जस अनुसार असोज ११ गतेसम्म कायम भएक इकाईधनीहरुले मात्रै कम्पनीहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार