काठमाडौं : ओरियन्टल होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने पाँच करोड ९३ लाख ७३ हजार १८० दशमलव ९३ रुपैयाँ लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १२ करोड ९० लाख रुपैयाँ रहेको छ ।
उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २५ गते साधारणसभा समेत बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलm ललितपुरमा हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि २५ गतेसम्मका लागि शेयर दाखिला खारेज कार्य बन्द गर्ने भएको छ । जस अनुसार असोज ११ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।
Advertisment