Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आईपीओ बाँडफाँड भएको छ। धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । माग भन्दा १२.८७ गुणा बढी आवेदन परेको कारण सेयर बाजे लक्ष्मण श्रेष्ठले आईपीओ बाँडफाँडको बल तानेका थिए।

हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढी हो ।  १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। सोमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । कम्पनीले भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म आईपीओ निश्कासन गरेको थियो।

Advertisment

थप समाचार