Below Menu
Below Menu

कुमारी बैंकको १० लाख कित्ता बढी शेयर सर्वसाधारणमा जारी 

कुमारी बैंकको १० लाख कित्ता बढी शेयर सर्वसाधारणमा जारी 

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा जारी गरेको छ । बैंकले १० लाख १८ हजार ५०४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको हो । 

बैंकले प्रतिकित्रा १०१ रूपैयाँमा संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

 बैंकको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । बैंकको शेयर खरीदका लागि प्राप्त बोलपत्र असोज ११ गते विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिने बैंकले जनाएकाे छ ।

Advertisment