काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्थाको ४० हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार १३१ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समते ले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीले उक्त शेयर खरिदका लागि विद्यमान शेयरधनीहरुलाई ३५ दिने सूचना जारी गरेको थियो । तोकिएको समयमा कुनैपनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले शेयर खरिद गर्न चाहने इच्छुक अन्य व्यक्ति तथा संस्थाहरुका लागि सूचना जारी गरेको हो ।
इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको १५ दिन भित्र आवश्यक काजगपत्र संकलन गरी संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा आफूले खरिद गर्न चाहेको शेयरसंख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
Advertisment