काठमाडौं : माछापुच्छ्रे बैंक लिटिटेडले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकको २५ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा असोज १८ गते बिहिबार बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दी पोखरामा हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा गर्न लागेको हो ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहित बैकको २०७९/८० को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
यसका साथै बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको आर्थिक वर्ष २०७९/८० को वित्तीस्य विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफलगरी पारित गर्नेछ ।
सो सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ लागि वितरण गर्न लागेको ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
उक्त साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार असोज ७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।
Advertisment