काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजारमा घटेसँगै कारोबार रकम पनि घटेको छ । आज बजारमा एक अर्ब १२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल एसबिआई बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने सामलिङ पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले बढेको हो । आज थ्री स्टार हाइड्रोपावर कम्पनीकोे शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment