काठमाडौं : नेपाल राष्ट्र बैंकले स्थानीय तहमा बन्ने १०० बेडसम्मको अस्पताल स्थापना गर्न कर्जा सुविधा दिने भएको हो ।
राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
बैंकले स्थानीय तहमा १०० बेडसम्मका अस्पताल बनाउन बैंक तथा वित्तीय संस्थाले आधारदरमा बढीमा २ प्रतिशतसम्म पिमियम थप गरी २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विकासका लागि पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल निर्माण गर्न सुविधा दिएको जनाएको छ ।
यसका साथै देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधार बलियो हुनेपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Advertisment