काठमाडौं : नाडा अटो शो २०२३ आजदेखि शुरु हुने भएको छ। नाडा अटो मोबाइल एशोसियसन अफ नेपालले करिब ती वर्षदेखि रोकिएको अटो शो आजदेखि शुरु गरेको हो । उक्त काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा भदौ ३१ गतेसम्म रहनेछन्।
नाडा अटो एक्स्पोकोमा स्टल बुकिङका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको छ । उक्त शोमा साना तथा ठूला गरी करिब १२० स्टलहरु रहने नाडाले जनाएको छ । एक्सपोमा सहभागी हुने सबै फर्म/ कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्देश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ ।
यस नाडा अटो एक्स्पो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी हुने भएका छन् । दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्षपटि हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने कम्पनीले जनाएको छ ।
यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहितका स्टलहरु प्रदर्शनीमा रहने छन् ।
त्यसैगरी सो प्रदर्शनीमा अटोमोवाइल व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स जस्ता कम्पनीहरु समेतको उल्लेख्य रुपमा सहभागिता रहनेछ । यसका साथै प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहनेछ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको नाडाले जनाएको छ ।
नाडाले गत वर्ष भव्यताका साथ नाडा इभि एक्सपो २०२२ समेत सम्पन गरेको थियो । विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय केही चलायमान हुने अपेक्षा नाडाले राखेको छ ।
प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले विभिन्न छुट र सुविधा सहितका प्याकेजहरु समेत दिने छन् । यस पटक विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने नाडाले जनाएको छ ।
प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने आशा समेत गरिएको नाडाले जनाएको छ । प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड मेनजमेण्ट सर्भिस प्रालिले गर्नेछ ।
Advertisment