काठमाडौं : सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कास्कीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन्
सहकारीका सात जना सञ्चालक विरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडाैंबाट पक्राउ गरिएको हाे ।
सहकारी संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। सदस्यकाे अर्बौं रकम हिनामिना गरेको र बचत रकम फिर्ता नगरेको आरोप सञ्चालकहरुमाथि छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको थियाे । उनीहरूले एक अर्ब आठ करोड बढी रकम हिनामिना गरेको आरोप छ।
Advertisment