काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको चार्डपर्वलाई लक्षित गरी ‘आरविवि फेस्टिभ लोन अफर’ ल्याएको छ । बैंकले भदौ २६ गते अर्थात मंगलबारदेखि लागु हुनेगरी ‘यस वर्षको फेस्टिभ जोन, आरविवि इभि लोन’ भन्ने मुल नाराका साथ विभिन्न विशेषता सहितको उक्त अफर ल्याएको हो ।
उक्त योजनाका विशेषताहरुमा सो लोनको ब्याजदर सबैभन्दा न्युन ९.९५ प्रतिशत रहेको छ भने प्रशोधन शु्ल्क ०.२५ प्रतिशत रहेको छ ।
अग्रिम भुक्तानी लागत मूल्यको २० प्रतिशत, अधिकतम कर्जा सिमा एक करोड रहेको छ भने यो योजना सिमित अवधिका लागि मात्रै लागु हुने बैंकले जनाएको छ । यसका साथै विशेष शर्तमा बैंकले आपुर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने समेत बैंकले जनाएको छ ।
पेट्रोलिय पदार्थको आयातमा खर्च हुने विदेशी मुद्राको खपत घटाउन सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सरकारले लिएको सो नीतिलाई पुरा गर्ने उद्देश्य अनुरुप बैंकले पनि नजिकिदै गरेको राष्ट्रिय पर्वहरुको अवसर पारेर उक्त अफर सार्वजनिक गरेको बैंकले जनाएको छ ।
Advertisment