Below Menu
Below Menu

उच्च अंकले सुधारियो शेयर बजार, डेढ अर्बमा समेटियो कारोबार 

उच्च अंकले सुधारियो शेयर बजार, डेढ अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजारमा सुधार देखिएसँगै कारोबार रकम पनि बढेको छ । आज बजारमा एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज साल्ट ट्रेडिङ कर्पोरेशनको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज छ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा थ्री स्टार हाइड्रोपावर, मोलुङ हाइडड्रोपावर, मेन्छीयाम हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम –२ कम्पनीकोे शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ ।

Advertisment