Below Menu
Below Menu

मिदास टेक्नोलोजी सहकार्यमा कोशी अस्पतालले ल्यायो ‘नयाँ अस्पताल एप’ सेवा 

मिदास टेक्नोलोजी सहकार्यमा कोशी अस्पतालले ल्यायो ‘नयाँ अस्पताल एप’ सेवा 

काठमाडौं : नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै  प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्नेछन् ।

यसै गरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र  आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न  पनि  सक्नेछन् ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ ।  यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।

दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।
 

Advertisment