काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १३ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९२१ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हुन् ।
कमपनीको शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक काजगपत्र संकलन गरी संस्थाको केन्द्रीय कार्यालय महालक्ष्मी ४ ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आफ्रले खरिद गर्न चाहेको शेयरसंख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।
Advertisment