Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्टको आईपीओ भर्नु भयो?, आज अन्तिम दिन

हाथवे इन्भेष्टमेन्टको आईपीओ भर्नु भयो?, आज अन्तिम दिन

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २१ गतेदेखि निष्काशन गरेको आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्रसम्म आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार यसमा भदौ २५ गते बिहानसम्म १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ । यो मागभन्दा ९.९६ गुणा बढी आवेदन हो ।  कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार