काठमाडौं : नेपाल रिपब्लिक मिडिया लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आवको सोही अवधिसम्ममा ४ करोड ८२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत असार मसान्नसम्ममा भने नाफामा वृद्धि गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी र सञ्चालन नाफा बढेका कारण खुद नाफा बढेको हो । अघिल्लो आवमा ११ करोड ७४ लाख ९५ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले गत असार मसान्तसम्म १७ करोड ६१ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, गत आवको चौथौ त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा ७ करोड १५ लाख रुपैयाँ रहेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको दिर्घकालिन कर्जा २ करोड ५६ लाख रूपैयाँभन्दा बढी रहेको छ भने अल्पकालिन कर्जा भने २५ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
गत असारमसान्तसम्म कम्पनीको रिटेन्ड अर्निग भने ५० करोड ९५ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । त्यस्तै चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १४ पैसा र प्रतिशेयर नेटवर्थ भने ८८ रूपैयाँ ५३ पैसा रहेको छ ।
Advertisment