Below Menu
Below Menu

आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत आठ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

बैंकले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी मंसिर २६गते परिपक्क हुने छ ।

उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले बैंकले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, ७ अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने गरी २० अर्ब ४ करोड ५० लाख रुपौयँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 


 

Advertisment

थप समाचार