Below Menu
Below Menu

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म पाइने

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म पाइने

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट भदौ १९ गतेको परिपत्रबाट स्वीकृत गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजना (रेगुलर) मा प्रतिहजार न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।त्यस्तै, सावधिक जीवन बीमालेख (एकल) योजनामा प्रतिहजार न्युनतम ३५ रुपैयाँदेखि ५८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीका अनुसार त्रिपल सावधिक जीवन बीमा योजना अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।कम्पनीले दम्पत्ति सावधिक बीमा योजनामा न्युनतम प्रतिहजार रुपैयाँदेखि अधिकतम प्रतिहजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, सावधिक तथा आजिवन बीमा योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म कायम गरेको छ । अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वार्षिक अग्रिम भुक्तानी योजनामा  प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीका अनुसार उक्त योजनाको बोनसदर मृत्यु दावी, चुक्त मूल्य दावी, अग्रिम भुक्तानी दावी र चालु बीमा लेखमा लागु हुनेछ ।साथै,उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार